Nic Ad Nic Ad
Nic Ad Nic Ad

मौलापुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

बिहीबार, असार २७, २०८१

रौतहट– रौतहटको मौलापुर नगरपालिका अन्तर्गत चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। 

samridhi jewllers

आज (बिहिबार) दिउँसो परेको पानीसंगै चट्याङ लागेर मौलापुर ८ सोनरनिया गाउँको रामायण बैठा धोबीको श्रीमती ५५ वर्षिय धरोहरी देवीको मृत्यु भएको हो ।

खेतमा धान रोप्ने क्रममा एक्कासि चट्याङ लागेर धरोहरी देवीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका सई कृष्ण साहले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीले घटनाको पुष्टि गर्दै मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लागिएको जानकारी दिएकी छिन् ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्