Nic Ad Nic Ad
Nic Ad Nic Ad

भोली नै ओली प्रधानमन्त्री नियुक्त हुने तयारी लगभग पूरा

बिहीबार, असार २७, २०८१

काठमाडौ- पुष्पकमल दाहाल प्रचण्डले भोली विश्वासको मत नपाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी लगभग पूरा भएको छ।

कांग्रेस र एमालेका बहुमत साम्सदको हस्ताक्षर तयार परिएको उच्च स्रोतले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेगरी साम्सदको हस्ताक्षर तयार पारिएको हो। कुनै ठूलो अबरोध नभए ओली प्रधानमन्त्री नियुक्त हुने र सानो आकारको मन्त्रीमण्डल पनि बन्ने बताइन्छ।

नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बेला काँग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर समेत गराएर धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने तयारी भएको हो ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्