Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरद्धारा भद्रकाली मन्दिरको परम्परागत नेवारी शैलीमा पुनःनिर्माण सुरु

बिहीबार, असार २७, २०८१

काठमाडौं -काठमाडौं महानगरपालिकाले ०७२ सालको भूकम्पले जीर्ण अवस्थामा रहेको भद्रकाली मन्दिरलाई विदेशी शैली हटाएर परम्परागत नेवारी शैलीमा आजदेखि पुननिर्माण सुरु गरेको छ । 

स्थानीय र पुरातत्त्व बिभागले बेलायती शैलीमै बनाउन माग गरे पनि हाम्रो  अडान पुरानो हाम्रो नेवारी  परम्परागत शैलीमै बनाउने थियो र यहि शैलीमै  बन्नेछ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले  भने।  यो सुरुवात हो, हाम्रो परम्परागत शैलीमा फर्कने हो । ३४ करोड ८० लाख ७१ हजार लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनःनिर्माण सुरु गरिएको हो ।

मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन् । छानो झिँगटीको हुनेछ । उत्तर भृकुटीमण्डपतर्फ २ वटा  ब्लक  आपसमा जोडिएका हुनेछन् । यस्तै दक्षिणतर्फ नेपाली सेनाको पेट्रोल पम्पतर्फ ३ वटा ब्लक हुनेछन् । यिनीहरु पनि आपसमा जोडिएका हुने महानगरले जनाएको छ । यसरी पुनःनिर्माण हुने भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुने जनाइएको छ ।

यसको डिजाइन कामपा सहरी योजना आयोगले तयार पारेको हो ।  मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । कामपा सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको ठेक्का पाएको छ ।    पुनःनिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन तयार पार्ने जिम्मा पुरातत्व विभागलाई दिइएको छ । हालको संरचना भत्काएपछि सङ्कलन हुने निर्माणजन्य सामग्री पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गरिन् । ०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनःनिर्माण हुन सकेको थिएन ।

 

 

प्रतिक्रिया दिनुहोस्