Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृषि विकास सहकारीका अध्यक्ष थापा दम्पती पुर्पक्षका लागि थुनामा

बिहीबार, असार २७, २०८१

काठमाडौँ- कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजबिक्रम थापा र उनकी पत्नी सजना राजकर्णिकार पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

बिहीबार जिल्ला अदालत ललितपुरका न्यायाधीश धनिश्वर पौडेलको इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए । त्यस्तै सहकारीका सदस्यद्वय भीमसेन महर्जनलाई १५ लाख र सञ्जय सापकोटालाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न पनि आदेश दिएको छ । कृषि विकास बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तर ४ जना मात्र पक्राउ परेका छन् ।

१ असारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका-११ घर भई काठमाडौँको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णीकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्