Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज यी पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना

शुक्रबार, असार २८, २०८१

काठमाडौँ - हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ। 

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। 

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र  गण्डकी प्रदेशका  एक–दुई स्थानमा धेरै भारी  वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्