Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

शुक्रबार, असार २८, २०८१

रूपन्देही– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ । 

samridhi jewllers

बिहीबार राति काठमाडौंबाट गएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर करिब ५ मिटर बाहिर पुगेको हो । जहाजको एकातर्फको चक्का माटोमा गाडिएको छ ।


पूर्वबाट पश्चिमतर्फ अवतरणका क्रममा जहाज चिप्लिए पनि सबै यात्रु सकुशल रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताएका छन् ।  

जहाज चिप्लिएपछि बुद्ध एयर र नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका छन्। रनवेबाट बाहिर गएको जहाजलाई तानेर पार्किङ एरियातिर ल्याउने प्रयास भइरहेको छ । यो जहाज बिहीबार राति साढे ९ बजे काठमाडौंबाट भैरहवाका लागि उडेको थियो ।

रनवेबाहिर पुगेको जहाज निकाल्न नसकिएपछि शुक्रबार बिहान अन्य उडान हुन सकेका छैनन्। अहिले वर्षाका कारण जहाजलाई निकाल्न कठिनाइ भएको हो ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्