Nic Ad Nic Ad
Nic Ad Nic Ad

बस पहिरोले बगाएपछि तीन यात्रुले हामफालेर जोगाए ज्यान

शुक्रबार, असार २८, २०८१

काठमाडौं – चितवनमा बस पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएका छन्। काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपति डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाएपछि तीन जना यात्रुले हामफालेर ज्यान जोगाएका हुन्।

samridhi jewllers


नारायगण मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर नगरपालिका वडा नम्बर २९ मा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको यात्रु हाम फालेर बच्न सफलको चितवन प्रहरीले जनाएको छ। वर्षा निरन्तर भइरहेको र पहिरोसमेत नरोकिएकाले उद्धारमा कठिनाइ भएको भएको प्रहरीको भनाइ छ ।

यसरी ज्यान जोगाउने यात्रुमा रौतहटको देवाही गोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना रहेको प्रहरीले जनाएको छ। यात्रुको पूर्ण विवरण खुलिसकेको छैन ।


पहिरोले बगाएको बस र बसमा सवार अन्य यात्रुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्