Nic Ad Nic Ad
Nic Ad Nic Ad

नापी कार्यालय लगनखेलका सर्वेक्षक घुससहित पक्राउ

शुक्रबार, असार २८, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ । 

यादवसहित आर.बी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गर्दै नापीका सर्वेक्षक यादव र भुजेललाई चार लाख घुस रकमसहित पक्राउ गरिएको जानकारी दिए । 

जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सोही आधारमा आयोगबाट खटिएको टोलीले यादव र भुजेललाई सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका-१२ लगनखेलमा रहेको आर.बी सेन्टरबाट नियन्त्रणमा लिएको हो ।

उनीहरू दुवैमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्