Nic Ad Nic Ad
Nic Ad Nic Ad

हसरंगाले छोडे श्रीलंका क्रिकेट टिमको कप्तानी

शुक्रबार, असार २८, २०८१

काठमाडौं- श्रीलंकाका टी-२० क्रिकेट कप्तान वानिन्दु हसरंगाले राजीनामा दिएका छन् । हालै सम्पन्न टी-२० विश्वकपमा श्रीलंकाको खराब प्रदर्शन पछि हसरंगाले कप्तानी छोडेको आईसीसीले जनाएको छ ।

गत बर्ष श्रीलंकाको टी-२० क्रिकेट टिमको कप्तान नियुक्त भएका हसरंगाले केवल १० खेलमा कप्तानी गरेका थिए ।

हसरंगाले राजीनामा दिदैँ आफू खेलाडीको रुपमा मात्र टिममा रहने बताएका छन् । बोर्डले हसरंगाले कप्तानी छोडे पनि उनी टिमको महत्वपूर्ण सदस्यको रुपमा रहने जनाएको छ । 

आगामी जुलाई २७ देखि घरेलु मैदानमा भारतविरुद्ध टी-२० र एकदिवसीय सिरिज खेल्न लागेको श्रीलंकाले छिट्टै नयाँ कप्तान घोषणा गर्ने बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्