Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणगढ-मुग्लिन पहिरोमा रोकिए दुई दर्जनबढी बिहेको गाडी

शुक्रबार, असार २८, २०८१

चितवन - नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न स्थानमा गएराति ठूला पहिरो खसेका छन् । सिमलतालको पहिरोले दुई यात्रुबहाक बस बगाएको छ भने सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर एक जना बस चालकको मृत्यु भएको छ ।

पहिरोका कारण झण्डै तीन किमी दुरीसम्म सवारी साधनको लाइन लागेको छ । सवारी साधनको लाइनमा दुई दर्जनबढी बिहेका गाडी पनि जाममा परेका छन् ।

असार २७, २८, ३० र ३१ गते बिहेको लगन रहेको छ । लगन छोपेर बिहे गर्नेहरु धेरै हुने गर्छन् । नारायणगढ–मुग्लिन सडक भएर यात्रा गरेका बिहेका जन्तीहरु पहिरोका कारण जाममा परेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्