Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभाको बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

शुक्रबार, असार २८, २०८१

काठमाडौ -प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नयाँबानेश्वरस्थित संसद् भवनमा सुरु बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ।


बैठकमा प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि त्यसमा छलफल हुने, आ–आफ्ना दलहरूले धारणा राख्ने तथा अन्तिममा मतदान हुनेछ।

सत्तासहयात्री दल एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धन गर्ने गरी सरकार छाडेर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्