Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिन रास्वपाको ह्वीप

शुक्रबार, असार २८, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

रास्वपाको शुक्रबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । राजनीतिक इमान्दारिताका लागि रास्वपाले विश्वासको मत दिने निर्णय गरिएको उनले बताए ।

निर्णय भएसँगै रास्वपाले प्रचण्डलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्