Nic Ad Nic Ad
Nic Ad Nic Ad

५५० दिनपछि निजी निवास खुमलटार फर्कँदै प्रचण्ड

शुक्रबार, असार २८, २०८१

काठमाडौं– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ५५० दिनपछि बालुवाटारबाट खुमलटार सर्दैछन्। 

२०७९ पुस ११ गते प्रधानमन्त्री निर्वाचित भएपछि सरकारी निवास बालुवाटार सरेका उनी शुक्रबार अल्पमतमा पर्दै अपदस्त भएपछि खुमलटार सर्न लागेका हुन्। सबै तयारी पूरा भइसकेको सचिवालयले जनाएको छ। 

प्रतिनिधि सभामा विश्वासको मत गुमाएपछि उनी बालुवाटार नजानेगरी तयारी भएको बताइएको छ। शुक्रबारै उनी प्रतिनिधि सभाबाट सिधा निजी निवास सर्न लागेका हुन्। 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्