Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुशासन हुन थालेपछि डराएका कांग्रेस र एमाले जोडिए : प्रचण्ड

शुक्रबार, असार २८, २०८१

 

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन आउन थालेपछि नेपाली कांग्रेस र नेकपा एमाले मिलेको बताएका छन् ।

शुक्रबार विश्वासको मत लिनका लागि प्रतिनिधिसभामा आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।


‘हिजो पनि संसद् विघटन गर्दा जोगाउन लागिएकै हो । आगामी दिनमा पनि त्यसरी नै बचाउन लागिने छ । म प्रधानमन्त्री रहुँला नरहुँला मलाई चिन्ता छैन’, उनले भने, ‘म प्रधानमन्त्री हुँदै कति दिन रहन्छु भन्ने थाहा थिएन। जब सरकारबाट सुशासन कायम हुन थाल्यो, तब त्यही डरले कांग्रेस र एमाले जोडिए ।’

उनले सामन्यत: लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलले सरकार नबनाउने बताउँदै कांग्रेस र एमाले मिलेर देशलाई प्रतिगमनतिर लैजान खोजेको बताए ।


 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्