Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीले नयाँ सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने

शुक्रबार, असार २८, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अब बन्ने नयाँ सरकारलाई गुण र दोषका आधारमा समर्थन गर्ने बताएको छ । पार्टी नेता मेटमणि चौधरीले सरकारमा सहभागी नहुने बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने पार्टीले आफ्ना सांसदलाई सरकारको पक्षमा मतदान गर्न निर्देशन दिएको छ । वर्तमान सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाललगायत केही दल सरकारबाट बाहिरिएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेकाले आज संसदबाट विश्वासको मत लिदैछन् ।

वामपन्थी शक्तिको एकतालाई जोड दिएर समाजवादी मोर्चामा आबद्ध सो पार्टीको प्रतिनिधिसभामा १० सिट तथा राष्ट्रिय सभामा ८ सिट छ । पार्टीको तर्फबाट वर्तमान मन्त्रिपरिषदमा दुई मन्त्री तथा सुदूरपश्चिम प्रदेशको नेतृत्व गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्