Nic Ad Nic Ad
Nic Ad Nic Ad

भुटानी शरणार्थी, बाँसबारी, बालमन्दीर, ललिता निवास जग्गा खाने वर्गले कांग्रेस–एमाले मिलायोः प्रचण्ड

शुक्रबार, असार २८, २०८१

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी जग्गा, बालमन्दीर जग्गा, ललिता निवासको अनुसन्धान थालेपछि सरकार गिराउने खेल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन्। 

शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा उनले भने,‘सरकार अनुसन्धानमा सक्रिय भयो अनि त्यहि बर्गले देशका ठूला दुई दल मिलायो।’

उपप्रधानमन्त्री समेत भइसकेका मानिस पक्राउ गर्दा समेत आफूले कुनै हस्तक्षेप नगरेको उल्लेख गरेका प्रचण्डले भने,‘जब सुशासनका निम्ति सरकार आक्रामक भयो खान बानी परेको बर्गले सरकार ढाल्यो।’
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्