Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डले भने– मलाई अस्थिर भन्नु विवेकपूर्ण र न्यायसंगत छैन

शुक्रबार, असार २८, २०८१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अस्थिरताको आरोप लगाउनु विवेकपूर्ण र न्यायसंगत नभएको दाबी गरे।

उनले सभामुख दोस्रो ठूलो दललाई दिएपछि राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्छ भन्ने भएरै शक्ति सन्तुलनमा योगदान गरेको दाबी गरे। 

‘निर्वाचन पूर्व नै गठबन्धन बनाएर जनताकोबीचमा गएका थियौँ। सरकार बन्ने बेलामा नेतृत्व तहमा भएको सहमति पालना नभएको अवस्थामा म एमालेलगायत दलको समर्थनमा प्रधानमन्त्री बनेको हुँ। प्रधानमन्त्रीको रुपमा म राष्ट्रिय सहमतितिर अग्रसर थिएँ,’ उनले भने, ‘सभामुख दोस्रो ठूलो दलबाट भएपछि संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई दिँदा जनमतको सम्मान र शक्तिको न्यायपूर्ण वितरण हुन्छ भन्ने मेरो अडानमा असहमत भएर एमाले गठबन्धनबाट बाहिरिएपछि फेरि निर्वाचनअघिकै गठबन्धन बनेको हो। यसमा अस्थिरताको आरोप न विवेकपूर्ण छ न न्यायसंगत छ।’

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्