Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘यती, ओम्नी र गिरीबन्धुको बोझ र कलंक नबोकी प्रधानमन्त्री बन्न सकिने रेकर्ड बनाएको छु’

शुक्रबार, असार २८, २०८१

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले सुशासन प्रत्याभूत गराउनदेखि सुधारका धेरै काम गरेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले आफूले चालेको कदमले आफू विश्वासको मत पाउन हकदार गरेको बताए ।


उनले भने, ‘कुनै यती, कुनै ओम्नी, कुनै गिरीबन्धुहरूको बोझ र कलंक नबोकी पनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने रेकर्ड बन्यो । एउटा तप्काले देशको जग्गा लुटे पनि हुने भयो । तस्करी गरेर कानून मिचे पनि हुने भयो । यसले लोकतन्त्रमाथि नै प्रश्न उठाइसकेको थियो । त्यो भाष्य चिरेको छ ।’

ललिता निवास, भुटानी शरणार्थी प्रकरण, बाँसबारीदेखि बाल मन्दिरसम्मको जग्गा खोज्न थालेपछि त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलाएको प्रचण्डको दाबी छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्