Nic Ad Nic Ad
Nic Ad Nic Ad

निष्कर्षमा पुग्‍न लागेको शान्ति प्रक्रियाको बाँकी काम नरोकियोस् : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, असार २८, २०८१

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न आफूले अनवरत प्रयास गरेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले आफूले अनेक प्रयास गरेको र टुंगिन लागेको बाँकी काम कुनै बहनामा नरोकियोस् भने। 

‘शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न मैले अनवरत प्रयन्त गरेँ। दलहरू संवाद गरेँ, विज्ञ र सरोकारवालाहरूसँग छलफल गरेँ। पीडितहरूसँग अनेक बैठक गरिए’, उनले भने, ‘ निष्कर्षमा पुग्न लागेको शान्ति प्रक्रियाका बाँकी काम कुनै बहानमा नरोकियोस्।’

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्