Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस-एमाले २०४७ को संविधानमा फर्किन लागे : प्रधानमन्त्री

शुक्रबार, असार २८, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस-एमालेले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन लागेको आरोप लगाएको छन् ।

उनले विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै काँग्रेस एमालेको सहमतिप्रति आशंका गरेका हुन् । उनले साना दलको अस्तित्व समाप्त गर्ने र समानुपातिक समावेशीको व्यवस्था पनि हटाउने तर्फ लागेको बताए । उनले इतिहासलाई पछाडि फर्काउन खोजिन थालेको उल्लेख गरे ।

‘दुई ठूला राजनीतिक दलले स्थायित्वको नारा दिनुभएको छ । राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल मा‌ओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’ उनले भने

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्