Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिगमनतर्फको यात्रामा कांग्रेस र एमाले : प्रधानमन्त्री

शुक्रबार, असार २८, २०८१

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा प्रतिनिधित्व गर्ने पहिलो र दोस्रो दल मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता बढ्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अन्य मुलुकहरूमा यस्तो नहुने उल्लेख गर्दै अहिले कांग्रेस र एमालेले गरेको सहमति अनौठो भएको बताए ।

‘पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता प्रबर्धन हुन्छ । यहाँ त सरकार मात्र बनाउने होइन संविधानमाथि छेडछाडसमेत गर्न खोज्दै हुनुहुन्छ’ उनले भने, ‘तपाईंहरूको यात्रा प्रतिगमततर्फ हो । हस्ताक्षर कसका घरमा गर्नुभयो ? सहमति कुन समयमा गर्नुभयो ? त्यसको हिसाब नेपाली जनताले राखेका छन् ।’ उनले कांग्रेस एमाले आफैं नमिलेको पनि दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘कांग्रेस–एमाले आफैं मिलेका होइनन् । तपाईंहरूलाई कसैले मिलाएको हो । अहिले राष्ट्रिय सहमतिको बर्को ओड्नुभएको छ । राष्ट्रिय सहमति लुकेर हुँदैन ।’ प्रचण्डले कांग्रेस र एमाले सुशासनको डरले गर्दा मिलेको पनि दाबी गरे । पहिलो र दोस्रो ठूलो दललाई आदर्शले जोडेको भए ठीकै हुन्थ्यो तर डरले जोड्यो । सुशासनकोको डरले तपाईंहरूलाई जोडेको हो ।’

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्