Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डलाई रमेश लेखकको उत्तर– धुल चेहेरापे थे, हम आइना साफ कर्ता रहा 

शुक्रबार, असार २८, २०८१

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस–एमालेको सहमतिअनुसार नयाँ सरकार संविधानको ७६ (२) अनुसार बन्ने र त्यसैको समर्थन हुने बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

प्रचण्डले कांग्रेस–एमालेमाथि संविधान च्यात्ने काम नहोस्, समस्या आफूमा नभई दुई ठूला दलमा रहेको बताएकोप्रति पनि लेखकको उत्तर थियो। 

उनले उर्दु कवि मिर्जा गालिफको एउटा शेरमार्फत प्रचण्डलाई भने,‘म धेरै टिप्पणी गर्दिन। यत्ति भन्छु– धुल चेहेरापे थे, हम आइना सफा कर्ता रहा।’

समस्या प्रचण्डमा समेत रहेको उनको टिप्पणी थियो। १८ महिनामा ५ पटक विश्वाुसको मत लिनुपर्ने स्थिति नै राजनीतिक अस्थिरता रहेको लेखकको टिप्पणी थियो।
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्