Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डबारे रमेश लेखकको कटाक्ष- प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ 

शुक्रबार, असार २८, २०८१

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा उनले प्रचण्डलाई जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिका रूपमा व्याख्या गर्दै लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएको टिप्पणी गरेका हुन् ।

‘एउटा अलिकता गल्ती भएछ कि ठिक मानिसलाई ठिक ठाउँमा नराखेको गल्ती हो कि यस्तो जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजो अस्ति प्रतिपक्षलाई कमजोर गर्‍यौँ ?,’ लेखकले भने, ‘अब प्रतिपक्ष निकै मजबुत हुन्छ भन्ने मैले विश्वास गरेको छु । लोकतन्त्र कमजोर हुँदैन भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।’

दुई ठूला दलहरू मिल्दा संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुने प्रधानमन्त्रीको आशंका मेटाउँदै प्रमुख सचेतक लेखकले प्रचण्डलाई प्रधानमन्त्री भएकै समयमा प्रतिपक्षी दलको नेताका रूपमा देखिसकेकाले प्रतिपक्ष कमजोर हुनेजस्तो आफूलाई नलागेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्