Nic Ad Nic Ad
Nic Ad Nic Ad

भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य

शुक्रबार, असार २८, २०८१

काठमाडौँ- सरकारले काठमाडौँ बाहिर जाने र भित्रने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा शुक्रबार बसेको सरोकारवालासहितको बैठकले सो निर्णय गरेको हो ।

यात्रुको लागत राख्न र यात्रुको नामबारे थाहा पाउन सघाउ पुग्ने भएकाले यो नियम लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ । यस्तै सरकारले रात्रि बस सञ्चालन व्यवस्थित बनाउने भएको छ । त्यसका लागि रेड एड्भाइजरी जारी गर्ने र मौसम प्रतिकूल भएका जिल्लामा रात्रिकालीन बस चलाउन तीन दिनको मौसम पूर्वानुमान हेरेर सवारी चलाउने गरी निर्णय भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्