Nic Ad Nic Ad
Nic Ad Nic Ad

सडक डिभिजन हेटौँडामा निर्माण व्यवसायीको ताला, भित्रै थुनिए कर्मचारी

शुक्रबार, असार २८, २०८१

काठमाडौँ- निर्माण व्यवसायी संघ मकवानपुरको नेतृत्वमा निर्माण व्यवसायीहरूले शुक्रबार सडक डिभिजन हेटौँडामा ताला लगाएका छन् । 

सडक डिभिजन कार्यालयको मूल ढोकामै सङ्घका अध्यक्ष बालगोपाल कँडेललगायतका निर्माण व्यवसायीले ताला लगाएका हुन्।कर्मचारी र सेवाग्राहीहरू कार्यालय भित्रै थुनिएका थिए । संघले सडक डिभिजन हेटौँडाबाट सडक र पुल निर्माण बापतको २५ करोड बढी रुपैयाँ भुक्तानी नदिएको आरोप लगाएको छ ।

अहिले अवस्था सामान्य भइसकेको छ । कर्मचारहिरु बाहिर निस्की सकेको सी.डी.इ. राजेश कुमार यादवले बताए । मन्त्रालयसँग छलफल गर्ने सहमति भएको छ । 

डिभिजनको कार्यक्षेत्रभित्र पुल निर्माण कार्य गरेको मात्रै १० करोड बढी भुक्तानी बाँकी रहेको संघको भनाई छ ।  डिभिजनले सपना/साग कन्ट्रक्सनको १ करोड ३५ लाख, निरिक्षा निर्माण सेवा प्रालिको १ करोड, मेरिना कन्स्ट्रक्सन कम्पनी प्रालिको १ करोड ४० लाख, डिएस कन्स्ट्रक्सन/मोना जेभीको १ करोड ५० लाख, एलाइट/मोना जेभीको १ करोड ५० लाख भुक्तानी नभएको उनीहरूको भनाई छ  ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्