Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिशूलीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुल्यो (नामसहित )

शुक्रबार, असार २८, २०८१

चितवन - चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ । प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र प्रदेश ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो ।


काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।


सो बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ ।

यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ । नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन ।

यात्रुमध्ये गौरको इनरवारीका धेरै थिए । बसमा एक दम्पतीको चारजना बच्चा समेत रहेको जानकारी दीपुले दिए ।

यस्तै, बेपत्ता एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौंका लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए । तर, सो बसमा बीच बाटोबाट यात्रु चढेका थिए वा थिएनन् भन्ने यकिन भइसकेको छैन ।

वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थिए । उनीहरूको पहिचान खुलेकाे छ । वीरगन्ज घर भएका चालक जवाहिर महतोले हाँकेको बसमा भारत घर भएका अन्सारी जी समेत २ जना, सन्तोष ठाकुर, सुरेन्द्र शाह, आदित मिया, सुनिल शाह, साहनबाज आलम, वीरगन्ज–१४ पिपरा घर भएका प्रकाश पटेलसहित दुई जना रहेका छन् ।

यस्तै ठेगाना नखुलेका अरबिन्द्र दुवे, हरिन्द्र पण्डित र रामनगरी पर्सा घर भएका सुजित जीसहित दुई जना, बारा मुसहर्वा घर भएका परमानन्द जी, पर्सा रंगपुर घर भएका हृदयनारायण राउत समेत ३ जना, रघुनाथपुर घर भएका सालिम मिया सहित दुई जना रहेका छन् । यस्तै पर्सा कटिया घर भएका रैजुल आलम समेत दुई जना, डिलक्स साहु राजेन्द्र केसी, सह–चालक चौधरी थर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्