Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणगढ–मुग्लिन सडक १२ घण्टापछि सञ्चालनमा

शुक्रबार, असार २८, २०८१

भरतपुर- लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १२ घण्टापछि सञ्चालनमा आएको छ ।

बिहीबार राति एक बजेदेखि अवरुद्ध सडकखण्ड शुक्रबार दिउँसो सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए।

उनका अनुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुईतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको हो।

सिमलतालमा दुईतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए। सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसको खोजी कार्य जारी छ । अहिले बस र यात्रुको खोजीका लागि धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्