Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृहमन्त्रीको जवाफ : २४ घण्टामा बाढी-पहिरोबाट १७ जनाको मृत्यु, तीनजना घाइते

शुक्रबार, असार २८, २०८१

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पछिल्लो २४ घण्टामा बाढी-पहिरोबाट १७ जनाको ज्यान गएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावबारेको छलफलमा भाग लिने क्रममा उनले यसबारे जानकारी दिएका हुन् । लामिछानेका अनुसार यस पटकको मनसुनको अवस्था अलिक भायवह हुने पूर्वानुमान रहेको बताउँदै बिहीबार र शुक्रबार बाढी-पहिरोबाट १७ जनाको ज्यान गएको बताए ।

उनकाअनुसार बाढी र पहिरोबाट ३ जना घाइते भएका छन् । लामिछानेले बाढी-पहिरोबाट अहिले ३८ जिल्ला प्रभावित भएको बताए ।

पछिल्लो पटक बाढीबाट मकवानपुर र सिरहामा १/१ जनाले ज्यान गुमाएको बताए । उनका अनुसार पहिरोबाट कास्कीमा ११ जना, म्याग्दीमा २ जना र चितवनमा १ जनाको ज्यान गएको छ ।

वर्षका क्रममा बागलुङमा थप १ जनाको मृत्यु भएको उनले बताए । लामिछानेले गृहमन्त्रालयमा गृहसचिवको नेतृत्वमा बैठक बसेर उद्धार र राहत अभियान तीव्र पार्ने निर्णय भएको बताए ।

‘कमान्ड पोस्टका र सचिवसमेत बसेर हामीले खोजी र उद्धारलाई प्रभावकारिता दिने निर्णय गरेका छौँ’, उनले भने, ‘अब मौसम महाशाखाले रेड एडभाइजरी जारी भएका दिनमा रात्रिकालीन यातायात नचलाउने निर्णय भएको छ । पहिरो जाने र डुबान हुने क्षेत्रमा जोखिमका चिह्न राख्ने निर्णय भएको छ ।’
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्