Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारमा गएर गरेका कामप्रति हामि आफै सन्तुष्ट छैनौं- रवि लामिछाने

शुक्रबार, असार २८, २०८१

काठमाडाैं -  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुहरुले सरकारमा गरेको कमप्रति आफुहरुनै सन्तुष्ट नरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै रास्वपाका सभापति समेत रहेका लामिछानेले सरकारमा गएर सोचे जस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् ।

उनले सरकारमा गएपछि आफु सहकारी ठगको रुपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीका बीच आफुहरुले राम्रो काम गरेको दाबि गरेको छ । उनले रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गरेको दाबी गर्दै सोहि कारणले रातारात दुई ठुला दल एक ठाउमा आएको बताए ।

लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफुहरुले त्यसलाई समर्थन गर्न नसकेको बताउदै दुई दल ठुला दल एक ठाउमा आउदा शक्तिपृथकीकरणमा संकट आउन सक्नेमा आफुहरुको चिन्ता रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्