Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविको प्रश्न- मध्यरातमा काँग्रेस-एमालेबीच भएको सहमति कसलाई जोगाउन हो ?

शुक्रबार, असार २८, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काँग्रेस(एमालेबीच भएको सहमति संविधान जोगाउन नभएको बताएका छन् ।

samridhi jewllers

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि संसदमा भएको छलफलमा गृहमन्त्री समेत रहेका लामिछानेले रातिमा भएको सहमति शंकास्पद भएको बताए ।जब अनुसन्धानको सुई कसैको ढोकामा ढकढक्याउन गयो, तब काँग्रेस र एमालेलाई संविधानको चिन्ता लागेको उनले बताए । सार्वजनिक समेत नभएको त्यो सहमति संविधान जोगाउन नभएको भन्दै उनले भने, ‘संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमति आइएपछि खुल्ला ।’

ठूला दलहरू मिल्दा लोकतन्त्रलाई असर गर्ने त होइन भन्ने चिन्ता रहेको समेत उनले बताए । लामिछानेले काँग्रेस र एमाले बीच १७ असारको मध्यराति भएको सहमति शंकास्पद रहेको टिप्पणी गरे ।

मध्यरातमा व्यापारीको घरमा भएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने कारण उनले खोजे । ‘विना जानकारीको यो सहमति न राष्ट्रलाई थाहा छ , न सहमति गर्ने राजनीतिक दलका सांसदलाई थाहा छ । न नेताहरूलाई थाहा छ,’ लामिछानेले भने, ‘मध्यरातमा व्यापारीको घरमा गर्नुपर्ने यो कस्तो सहमति हो ?’

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार