Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेटमणिको प्रचण्डलाई सुझाव- देउवासँग सम्बन्ध नबिगार्नु होला, चार महिनापछि तपाइँ नै आउने हो

शुक्रबार, असार २८, २०८१

काठमाडाैं -नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगार्न आग्रह गरेका छन् ।

samridhi jewllers

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले प्रचण्डलाई सभापति देउवासँग सम्बन्धन नबिगार्न र चार महिनापछि फेरी प्रचण्डकै पक्षमा आउने बताए । उनले यो गठबन्धन चार महिनामै परिवर्तन हुने दाबी गर्दै कांग्रेस सभापति देउवालाई संसद विघटनको साक्षी नबस्न आग्रह गरेका थिए ।

‘परिस्थिति जस्तो भए पनि कांग्रेस सभापतिलाई तपाईं कत्ति पनि दोषी नदेख्नुहोला,’ सांसद चौधरीले भने, ‘उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला ।’

उनले आजका मितिदेखि चार महिनामै राजनीतिक परिस्थिति प्रचण्डको अनुकूलमा आइपुग्ने पनि जिकिर गरे । ‘चार महिनामै परिस्थिति अनुकूल भइ त हाल्छ । हन्ड्रेड पर्सेन्ट,’ चौधरीले भने, ‘केबल चार महिना आजको दिन, आजको मितिदेखि गनेरै बसौँ । चार महिनामा परिस्थिति तपाईंकै अनुकूल र पक्षमा हुन्छ ।’

 

एकीकृत समाजवादीका सांसद चौधरीले यसो भनिरहँदा संसद्‍मा रहेका कांग्रेस सभापति देउवा मुसुमुसु हाँसिरहेका थिए। उता कांग्रेस उपसभापति पूर्णबहादुर खड्का हाँसोको फोहरा नै छुटाइरहेका थिए ।

चौधरीले प्रधानमन्त्री प्रचण्डलाई आफुहरु सधै साथमा रहेपनि आफुहरुलाई भने बेला बेलामा छोड्ने गरेको गुनासो गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार