Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको शिक्षामन्त्री भएकाले २९ सय ४१ जना शिक्षकले राजनीतिक सदस्यता त्यागे : रवि लामिछाने

शुक्रबार, असार २८, २०८१

काठमाडौं- गृहमन्त्री रवि लामिछानेले शिक्षामा भएको राजनीतिकरणको अन्त्य गर्ने अभियानअन्तर्गत २ हजार ९ सय ४१ जना शिक्षकहरूले राजनीतिक सदस्यता त्याग गरेको दाबी गरेका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा उनले उक्त जानकारी दिएका हुन्। 

उनले भने,‘शिक्षामा राजनीतिकरण गरिनुहुन्न भनेर अभियानमा शिक्षामन्त्री सुमना श्रेष्ठको पहलमा २ हजार ९ सय ४१ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेका छन्।’

शिक्षामन्त्री श्रेष्ठले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षक/कर्मचारीलाई कारबाही गर्ने पहल गरेअनुसार कारबाही गर्ने निर्णय २०८१ वैशाख ४ गते मन्त्रिस्तरीय निर्णय भएको थियो। 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्