Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई तिहाई बढी मत प्रधानमन्त्री प्रचण्डको विपक्षमा

शुक्रबार, असार २८, २०८१

काठमाडौं– प्रतिनिधि सभामा दुई तिहाईभन्दा बढी मत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा उभिएका छन्। 

प्रतिनिधि सभाको शुक्रबार भएको बैठकमा प्रचण्डले माग गरेको विश्वासको मतको विपक्षमा बहुसंख्या साना दल पनि उभिएका छन्। 

कांग्रेस–एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी प्रचण्डको विपक्षमा उभिएका हुन्। 

सदनमा कांग्रेसको ८८, एमालेको ७८, राप्रपाको १४, जसपाको ७, जसपा नेपालको ५, लोकतान्त्रिक समाजवादीको ५, नागरिक उन्मुक्ति पार्टीको ५, जनमतको ६ जना सांसद रहेका छन्। 

प्रधानमन्त्री प्रचण्डको पक्षमा भने माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ र नेकपा एकीकृत समाजवादीका १० सांसद रहेका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्