Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘पहिरोले बगाएको बसमा थिए सात भारतीय नागरिक’

शुक्रबार, असार २८, २०८१

चितवन- नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रवार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय  नागरिक रहेका खुलेको छ । 

वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको वाग्मती प्रदेश ०३-००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजना गरी  २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको  विवरण सार्वजनिक गरेको छ ।

सोही मार्ग भएर काठमाडौँबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन । सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका  छन् ।

पहिरोले बगाएका दुवै  बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्