Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘प्रचण्ड’लाई स्वागत गर्न खुमलटारमा झाँकीसहित नेता तथा कार्यकर्ता 

शुक्रबार, असार २८, २०८१

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न निजी निवास खुमलटारमा झाँकीसहित नेता तथा कार्यकर्ता तयारी अवस्थामा रहेका छन् । डेढ वर्ष सत्ताको नेतृत्व गरेका उनी संसदमा राखेको विश्वासको मतको नतिजा आएपछि केन्द्रीय कार्यालय पेरिसडाँडा जाने कार्यक्रम रहेको छ । 

केन्द्रीय कार्यालयमा रहेका सहिद स्तम्भमाथि माल्यार्पण गरेपछि नेता तथा कार्यकर्तासँग आफ्ना कुरा राख्ने र त्यसपछि सिँधै निजी निवास खुमलटार जाने कार्यक्रम रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 


प्रधानमन्त्री ‘प्रचण्ड’को ३ बजे जाने कार्यक्रम भए पनि संसदमा विश्वासको मतसम्बन्धी छलफल लम्बिएकाले अपराह्न ५ बजेसम्म आइपुग्न सक्ने उपाध्यायले जानकारी दिए । 

कार्यालयमा ‘प्रचण्ड’लाई स्वागत गर्नका लागि अहिले उपाध्यक्ष पम्फा भुसाल पेरिसडाँडा पुगिसकेकी छिन् । नेता तथा कार्यकर्ताको भिड लागेको छ ।  

उता खुमलटारमा ‘प्रचण्ड’लाई स्वागत गर्न नेवार र तामाङ समुदायको झाँकीसहित नेता तथा कार्यकर्ता उल्लेख सहभागी रहेको नेता राजकाजी महर्जनले जानकारी दिए । ‘प्रचण्डलाई स्वागत गर्न दुवै स्थानमा केन्द्रीय नेताहरू खटिएका छन् । २०७९ साल पुस ११ गते प्रधानमन्त्री भएका उनी विश्वासको मत नपाएपछि एक वर्ष ६ महिना १७ दिनमा सत्ताबाट बाहिरिने छन् ।  

प्रतिक्रिया दिनुहोस्