Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनलाइन जुवामार्फत ५ करोडको अवैध कारोबार, पाँचजना पक्राउ

शुक्रबार, असार २८, २०८१

काठमाडौँ -‘क्यास एप’ नामक अनलाइन अप्लिकेसन प्रयोग गरी अवैध रुपमा आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ घर भइ हाल काठमाडौंको रवि भवन  बस्ने वर्ष २२को गौरभ भट्टराई, सोही स्थानका २३ वर्षीय सुजन दाहाल, ओखलढुङगाको चम्पादेवी गाउँपालिका–६ घर भएका २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरीको धरान उपमहानगरपालिका–१५का २४ वर्षीय आशुतोष कोईराला र मोरङ उर्लाबारी–७ का २४ वर्षीय मिलन मिश्र रहेका छन्।

हाल अमेरिका बस्ने मनिष कुमार बुढाथोकीले गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली, आशुतोष कोईराला, मिलन मिश्रलाई क्यास एप सर्भरको एक्सिज दिइ दिई ६ ओटा इसेवा वालेट, ५ ओटा कनेक्ट आईपीएस एकाउन्ट र सोही एकाउन्टहरुमा लिंकअप भएका १९ ओटा विभिन्न बैंकका खाताहरू समेतमा अवैध तरिकाले क्यास एपमार्फत ५ करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्