Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिले संविधानविद्हरूलाई बोलाए शीतल निवास

शुक्रबार, असार २८, २०८१

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको संवैधानिक प्रश्नबारे परामर्श गर्न संविधानविदहरुलाई शीतल निवास बोलाएका छन् । 

शीतल निवास स्रोतकाअनुसार संविधानविद्हरू वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीलाई परामर्शका लागि बोलाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बने असंवैधानिक हुने तर्क गरेका छन् । उनले राष्ट्रपतिलाई समेत यो बताएका थिए । प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित भइसकेको बेला संसदमा मतदानकै समयमा राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गर्न लागेका हुन् ।

यता काँग्रेस र एमालेले आजै दुई तिहाइ सांसद र राजनीतिक दलहरूको समर्थनसहित केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने लिखित पत्र लिएर राष्ट्रपतिसमक्ष जाँदैछन् ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्