Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीले गुमाए विश्वासको मत, ‘प्रचण्ड मत’ विपक्षमा खस्यो

शुक्रबार, असार २८, २०८१

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन्। 

प्रतिनिधि सभामा शुक्रबार उनले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए। पाँचौ पटक विश्वासको मतका लागि प्रस्ताव राखेका प्रचण्डको पक्षमा जम्मा ६३ मत मात्र खस्यो। 

अन्य मत विपक्षमा खस्यो। कुल २५८ मत मध्य प्रचण्डको पक्षमा मत खस्यो भने विपक्षमा १९४ खसेको हो। 

प्रचण्डका पक्षमा माओवादी, रास्वपा, एकीकृत समाजवादी उभिएका थिए। त्यसको विपक्षमा भने कांग्रेस एमालेसहित राप्रपा, जसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति पार्टी, लोसपालगायत केही स्वतन्त्र सांसद पनि उभिए। 

तटस्थमा भने राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी उभियो। 

अब, कांग्रेस–एमाले सहमतिअनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्