Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिले संविधानलाई मिच्नुहुन्न, ७६ (३) कै सरकार बन्छ : माधव सापकोटा

शुक्रबार, असार २८, २०८१

काठमाडौँ -नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिएपछि संविधानको ७६ (३) अनुसार नै सरकार बन्नुपर्ने संवैधानिक व्यवस्था रहेको जिकिर गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि अहिले राष्ट्रपतिकहाँ गएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री संसदमा भएको गतिविधि रिपोटिङ गर्न राष्ट्रपतिकहाँ जानुभएको छ। प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिएपछि संविधानको ७६ (३) अनुसार नै सरकार बन्नुपर्ने संवैधानिक व्यवस्था छ । हामीले यसैको माग राष्ट्रपतिलाई गर्छौँ। हामीलाई आशा छ राष्ट्रपतिले संविधानलाई मिच्नुहुन्न । संविधानलाई पालना र संरक्षण गर्ने जिम्मेवारी पनि छ ।’

राष्ट्रपतिले कानूनका ज्ञाताहरूसँग परामर्श गरेर निर्णय लिने उनको विश्वास छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्