Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस र एमालेले ७ बुँदे सहमति सार्वजनिक गर्ने

शुक्रबार, असार २८, २०८१

काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनको लागि गरेको सात बुँदे सहमति सार्वजनिक गर्ने भएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दुई दलबीच नयाँ सरकार बनाउन भएको सहमति छिट्टै सार्वजनिक गर्ने बताएका हुन् ।

 

‘दुई दलबीच भएको सहमति सार्वजनिक भएनन् भनेर धेरै विषय उठे, ’ लेखकले भने, ‘यो सहमति किन प्रकाशन भएन भन्ने छ हामी यो चाँडै प्रकाशित र गरेर राष्ट्र जनतामा समर्पित गर्छौ ।’

आजै दुई दलबीच भएको सहमति सार्वजनिक गर्ने र प्रधानमन्त्रीमा दाबेदारी दिने दुई दलको तयारी छ ।

राजनीतिक स्थिरताको लागि एमालेसँग मिलेर सरकार गठन गर्न लागेको भन्दै उनले यसलाई अस्वाभाविक रुपमा नलिन आग्रह गरे ।

गत असार १७ गते कांग्रेस र एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठन गर्ने सहमति गरेका थिए ।

सो सहमति अनुसार केपी ओली पहिलो दुई वर्ष र त्यसपछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी छ ।

त्यस्तै, संविधान शंसोधन गर्ने, राजनीतिक स्थिरता दिने, अर्थतन्त्रलाई चलायमान बनाउने उद्‍घोष पनि कांग्रेस र एमालेले गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्