Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ सरकार गठनबारे काँग्रेस-एमालेबीच छलफल जारी 

शुक्रबार, असार २८, २०८१

काठमाडौँ - नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले छलफल थालेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा काँग्रेस र एमालेका नेताहरुबिच छलफल चलिरहेको हो । 

प्रतिनिधि सभाको शुक्रबारको बैठकबाट विश्वासको मत नपाएर पुष्पकमल दाहाल ‘प्रचण्डको सरकार ढलेपछि काँग्रेस र एमालेबिच नयाँ सरकार गठनका लागि संवाद जारी छ ।


एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मै काँग्रेस र एमालेबिच सहमति भएको थियो । सोही अनुसार सरकार गठनका लागि काँग्रेस र एमालेका नेताहरू गृहकार्यमा जुटेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्