Nic Ad Nic Ad
Nic Ad Nic Ad

केपी ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेश

शुक्रबार, असार २८, २०८१

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

त्यसलगत्तै एमाले अध्यक्ष ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

संसद्‌का अन्य साना दलहरू जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत काँग्रेस–एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले काँग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्