Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिवि परीक्षाको नतिजा अब ९० दिनभित्रै

शनिबार, असार २९, २०८१

काठमाडौँ- परीक्षा दिएको एक वर्षसम्म पनि नतिजा नआउने पीडा भोग्दै आएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब राहत पाउने भएका छन् । सरकारले राजनीतिक सिफारिसमा उपकुलपति छान्ने परम्परा अन्त्य गरेपछि खुला प्रतिस्पर्धाबाट उपकुलपति बनेका प्रा.डा. केशरजंग बरालले विद्यार्थीलाई छिटो नतिजा दिने गरी नयाँ शैक्षिक क्यालेन्डर बनाएका हुन् । 

शुक्रबार बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले उक्त क्यालेन्डर स्वीकृत गरेको छ । क्यालेन्डरमा त्रिविका सबै नतिजा ९० दिनभित्र लागू गर्नुपर्ने व्यवस्था छ । त्रिविले ०८१ वैशाखदेखि सञ्चालन भएका परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गरिसक्ने तयारी गरेको छ ।

‘अब त्रिविका शैक्षिक गतिविधि समयमै सञ्चालन हुन्छन् । परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक गरिनेछ । आगामी मंसिरबाट क्यालेन्डरअनुसार शैक्षिक गतिविधि सञ्चालन हुनेछ,’ उपकुलपति बरालले भने । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्