Nic Ad Nic Ad
Nic Ad Nic Ad

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

शनिबार, असार २९, २०८१

पर्वत-  कास्कीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

samridhi jewllers

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका-३१ किमबेसीका २५ वर्षीय विष्णु थापा मगरको मृत्यु भएको हो।

शुक्रबार अपराह्न करिब साढे पाँच बजेको समयमा पोखरा महानगरपालिका-३० स्थित खुदीखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेपछि उनी घाइते भएका थिए। 

लगत्तै उपचारका लागि सरुवा तथा सङ्क्रमण अस्पताल शिसुवा लगिएको थियो। केही बेरमा नै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्