Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

शनिबार, असार २९, २०८१

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई आमन्त्रण गरिएको छ । बैठकमा बदलिँदो पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्