नेभिगेशन
समाज विविध

सिमलताल पहिरोः ठूलो पानी परेपछि रोकियो खोजी कार्य

चितवन - भरतपुर महानगरपालिका–२९ सिमलतालमा ठूलो पानी परेपछि त्रिशूली नदीमा बेपत्ता भएका बसको खोजी कार्य रोकिएको छ । बेपत्ता भएका बसको आज बिहानदेखि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोरसहितको टोलीले खोजी थालेको थियो ।

घटनास्थलमा ठूलो पानी परेपछि खोजी कार्य रोकिएको हो । वर्षा रोकिएपछि पुनः खोजी कार्य सुरु गरिने बताइएको छ ।

शुक्रवार एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा बच्चाको ट्राउजर फेला परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । दुई बसमा गरी करिब ५१ जना बेपत्ता भएका छन् भने तीन जना पौडीएर बाँच्न सफल भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध