Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोले कर्णाली करिडोर अवरुद्ध

शनिबार, असार २९, २०८१

 

कालीकोट– पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।

लाफा बजारनजिक लगातार पहिरो खसिरहेकाले सवारीसाधन चल्न नसकेको उनको भनाइ छ ।

यसैगरी, कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ ।

सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्