Nic Ad Nic Ad
Nic Ad Nic Ad

रोहित चन्दले गरे लगातार तेस्रो सिजन इन्डोनेसियन क्लब पेर्सिकसँग सम्झौता

शनिबार, असार २९, २०८१

काठमाण्डौ – रोहित चन्दले इन्डोनेसियन क्लब पेर्सिक केडिरीबाट लगातार तेस्रो सिजन खेल्ने भएका छन् । इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिकले रोहितसँग तेस्रो सिजनको लागि पनि सम्झौता भएको हो ।

पछिल्लो दुई सिजनमा उनले पेर्सिकका लागि ५६ खेलमा ३ गोल गरेका छन् । यो सिजनको इन्डोनेसियन लिगा वान अगस्ट दोस्रो हप्तादेखि शुरु हुँदैछ । त्यस अघि रोहित सन् २०१३ मा अर्को इन्डोनेसियन क्लब पेर्सिजा जाकर्तासँग आबद्ध भएका थिए । उनले पेर्सिजाबाट १४९ खेलमा १३ गोल गरे ।

सन् २०१० देखि २०१२ सम्म भारतको आइ लिग क्लब हलबाट खेलेका उनी २०१२ मा इन्डोनेसियन क्लब पेकानबारुमा आबद्ध भएका थिए । नेपाली राष्ट्रिय टोलीमा सन् २००९ डेब्यू गरेका उनले ९२ खेल खेलिसकेका छन् । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्