Nic Ad Nic Ad
Nic Ad Nic Ad

एघार महिनामा वाणिज्य बैंकले ५६ अर्ब बढी नाफा कमाए ,प्रभु र एनआईसीको कति ?

शनिबार, असार २९, २०८१

काठमाडौं – चालु आर्थिक वर्ष ०८०/८१ को ११ महिनामा वाणिज्य बैंकहरुले ५६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले ११ महिनामा कुल ५६ अर्ब ४८ करोड ४ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन्। यस अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले समिक्षा अवधिसम्ममा ६ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

यसैगरी, ग्लोबल आइएमई बैंकले ११ महिनामा ५ अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गर्दै नबिल बैंकलाई पछ्याएको छ । त्यसपछि नेपाल इन्मेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ५५ करोड, एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड मुनाफा आर्जन गरेका छन् ।

यस्तै, प्रभु बैंकले ३ अर्ब ३ करोड, कृषि विकास बैंकले ३ अर्ब २ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड, एनएमबि बैंकले २ अर्ब ७७ करोड, हिमालयन बैंकले २ अब ७६ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब ३७ करोड सिद्धार्थ बैंकले २ अर्ब २७ करोड, एनआईसी एशिया बैंकले २ अर्ब २३ करोड, सिटिजन्स बैंकले १ अर्ब ७५ करोड, सानिमा बैंकले १ अर्ब ७४ करोड, कुमारी बैंकले १ अर्ब ६७ करोड नाफा कमाएका छन् । त्यस्तै, नेपाल एसबीआई बैंकले १ अर्ब ६६ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड, नेपाल बैंक १ अर्ब ७ करोड नाफा कमाएका छन् ।

 
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्