Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘वाटरड्रोन’ मार्फत त्रिशूलीमा बेपत्ताको खोजी जारी

शनिबार, असार २९, २०८१

काठमाडौँ–   त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने वाटरड्रोन क्यामरा प्रयोग गरिएको छ ।

सशस्त्र प्रहरीका अनुसार बिहानैदेखि खोजीमा गोताखोर सहितको टोली परिचालन गरिएको र वाटरड्रोन क्यामरा प्रयोग गरिएको हो ।

टोलीले त्रिशूली नदीमा सोनार क्यामरा, वाटरड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ ।

र्‍याफ्टबाेट जडान गरेर पानी भित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज बेपत्ताको खोजी कार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित छन् ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्